
काठमाण्डु,१३ वैशाख– राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा ३ सदस्यको मनोनयन गरेको छ । आज (बुधबार) बसेको राष्ट्रिय सभा बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो ।
समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहेका छन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा बताएका थिए ।
बैठकले सर्वसम्मत रुपमा सहमति जनाएको छ । शर्मा नेकपा माओवादी केन्द्न्, दाहाल एमाले र रायमाझी कांग्रेसबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए नेपालको संविधानले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, विभिन्न संवैधानिक आयोगका पदाधिकारी, राजदूत सिफारिस भएका व्यक्तिहरुको नियुक्तिअघि संसदीय सुनुवाई गर्ने व्यवस्थ रहेको छ ।
त्यसका लागि संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य गरी १५ जनाको समिति गठन हुनेछ । जसमा राष्ट्रियसभाका ३ जना र बाँकी प्रतिनिधिसभाका सदस्य रहने व्यवस्था रहेकोक छ ।