
काठमाण्डु, ११ वैशाख– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अोलीबीच सिंहदबारमा बैठक जारी छ ।
संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा तीन दलका शीर्ष नेताबीच बैठक सुरु भएको हो ।
बैठकमा एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरी, कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका संसदीय दलका प्रमुख सतेक हितराज पाण्डे पनि सहभागी भएका छन ।