राष्ट्रियसभा बैठक १३ वैशाखमा बस्ने

काठमाण्डु टुडे २०८० वैशाख १० गते १४:४६ मा प्रकाशित

काठमाण्डु ,१० वैशाख- राष्ट्रियसभाको बैठक आगामी बुधबार बस्ने भएको छ ।

वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गते (बुधबार) का लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए ।

यसअघि अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठक ५ वैशाखमा अनिश्चितकालका लागि स्थगित गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us