बाराको मतदानमा धाँधली रोक्न एमाले उम्मेदवार पौडेलको माग

काठमाण्डु टुडे २०८० वैशाख १० गते १३:३० मा प्रकाशित

काठमाण्डु, १० वैशाख- बारा २ का एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले उपनिर्वाचनका क्रममा प्रहरी प्रशासनकै मिलेमतोमा धाँधलीपूर्ण ढंगले मतदान गरेको भन्दै यस्तो गतिविधि रोक्न माग गरेका छन्।

उम्मेदवार ठाउँ ठाउँमा मतदाताहरु रोक्ने, ईनरवा, सनफुलवा, सिचाई वुथ लगायतका वुथहरुमा प्रहरीका सई र असइ नै गठवन्धनको पक्षमा मतदान गराउन लाग्ने गरेको भन्दै कब्जा गर्ने, एउटै व्यक्तिले दुईटा मत खसाउने जस्ता धाँधलीका रुपहरु नागो रुपमा देखिई रहेको पौडेलले बताएका छन् ।

पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘यसले स्वच्छ निर्वाचन गराउने गठबन्धन सरकारको माखौल उडाएको छ । म यस प्रकारका गतिविधि रोक्न र निष्पक्ष निर्वाचन गराउन माग गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us