तनहुँ १ का कांग्रेस उम्मेदवार भट्टराईलाई निर्वाचन आचारसंहिता अनुगमन समितिले सोध्यो २४ घण्टे स्पष्टिकरण

काठमाण्डु टुडे २०८० वैशाख १० गते १२:५८ मा प्रकाशित

काठमाण्डु, १० वैशाख -तनहुँ – १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईसँग जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ।

भट्टराईले मौन अवधिमा मत मागेको भन्दै समितिले स्पष्टीकरण सोधेको हो। ७ गते मध्यरातदेखि नै मौन अवधि लागु भइसकेको अवस्थामा मतदातालाई भ्वाइस म्यासेज पठाएर मत मागेको भन्दै समितिले भट्टराईलाई स्पष्टीकरण सोधेको हो।

भट्टराईले २४ घण्टाभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भएर स्पष्टीकरण दिन समितिले भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us