सकारात्मक प्रतिक्रियाबाट उत्साहित छु:जितनारायण श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख १० गते १२:०६ मा प्रकाशित

काठमाण्डु १० वैशाख- चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बतायका छन् ।

उपनिर्वाचनमा ११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । मतदानस्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको पाएको उनको भनाइ छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले भने उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढंगबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए ।

‘मतदाताहरुको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु,’ श्रेष्ठले भने ।। तर उपनिर्वाचनमा आम निर्वाचनमा जस्तो मत नखस्ने अनुमान गरिएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us