
काठमाण्डु ,१० वैशाख -पाल्पाको तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको छ ।
आईतबार विहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारामा दुर्घटनामा भएको हो।
दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगी उद्दारको कार्य थालिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार केही घाइतेको अवस्था गम्भीर छ।
बसमा कति यात्रु थिए भन्ने यकिन नभइसकेको र घटनास्थलमा सम्भावित घाइतेहरूको खोजी भइरहेको प्रहरीले बतायको छ।