उपनिर्वाचन हुन लागेका तीन क्षेत्रमा सार्वजनिक बिदा
काठमाण्डु टुडे
२०८० वैशाख १० गते ७:४६ मा प्रकाशित
काठमाण्डु, १० वैशाख– सरकारले आज उपनिर्वचन हुन लागेका तीन क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सुचना जारी गरी बारा– २, चितवन–२ र तनहुँ– १ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।