बाँकेमा कोभिडका कारण १ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १८:२१ मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्ध रहेका छन ।

उनको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा।प्रकाश थापाले जानकारी दिएका छन । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो ।

उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उनलाई दमको पनि समस्या रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us