देश प्रतिगमनतिर गइरहेको छ: बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १७:३१ मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश प्रतिगमनतिर गइरहेको बताएका छन ।

आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । भट्टराईले अहिले डरलाग्दो प्रतिगामी हावा बगिरहेको बताएका छन ।

उनले भने, ‘झट्ट हेर्दा त नदेखिन सक्छ, तर वैचारिक ढंगले अग्रगामी सोचविरुद्ध यहाँ पनि विस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ ।’

उनले अघि भने, ‘जनतामा असन्तुष्टि देखाउन सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us