एमाले पनि मैले नै बनाएको पार्टी हो: माधव नेपाल

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १५:४१ मा प्रकाशित

 काठमाण्ड, ९ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश निर्माणका लागि समाजवादी मोर्चा बनाएर बढ्नुपर्ने बताएका छन ।

आज (शनिबार) नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै उनले यस्तो बताएका हुन । उनले वामपन्थी शक्तिहरु एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘जतिबेला हामीले मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको विचार अगाडि सारेका थियौं। त्यसबेलामा हामीले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्नुपर्छ भन्ने मान्यता बोकेका थियौं।

त्यो अहिले यथार्य भएछ। हामी मात्रै शुद्ध कम्युनिष्ट पार्टी भनौं माओवादी केन्द्र छ। माओवादी मात्रै भनौं फेरि उता नेकपा एमाले छ। जुन पार्टी मैले नै बनाएको हो , हामीले नै बनाएको हो।’ हो।

हामीले नै बनाएको हो।’उनले देश र जनताको पक्षमा काम गर्दै एकताबद्ध बनाएर जानुपर्ने जिम्मेवारी अहिले आफूहरुको काँधमा आएको बताएका छन। उनले कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई नपचेकाले अहिले षड्यन्त्र भइरहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us