साँखुमा एकैपटक चारवटा टिपर ठोक्किए, १ जना घाइते

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १५:३० मा प्रकाशित

काठमाण्ड, ९ वैशाख– काठमाण्डुको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाण्डु आइरहेका ती टिपर एक आपसमा ठक्कर खाएका हुन् । बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरी कार्यालयकी प्रमुख फूलमाया घिसिङले जानकारी दिएकी छन ।

दुर्घटनामा एकजना चालक सामान्य घाइते भएको उनले बताएकी छन । एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३–०१–००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन् ।

घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us