
काठमाण्ड, ९ वैशाख– धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा धनगढी उपमहानगरपालिका–११ बेला बस्ने ७० वर्षीय भोजराज भट्ट रहेका छन ।
यस्तै दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन । गोदावरी नगरपालिका–५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी शनिबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कुलदीप चन्दले जानकारी दिएका छन ।
घाइते हुनेमा चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल र कारमा सवारहरु धनगढी उपमहानगरपालिका–६ मटयारीका ४२ वर्षीय भरतबहादुर चन्द, ४८ वर्षीय बसन्तबहादुर चन्द, ३६ वर्षीया निलम चन्द र अनुखाण चन्द रहेका छन । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले जानकारी दिएका छन ।
भारतको हरिद्वार दर्शन गरेर फर्किरहेका तीर्थ यात्री सवार गाडी तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।