
काठमाण्डु,९ वैशाख– राप्रपा उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन ।
उनले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने बताएका छन ।
उनले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन ।
पूर्वकानुनमन्त्री समेत रहेका उनले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको बताएका छन ।
उनले भ्रष्टाचार नियन्त्रण गर्न, कानुन निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भएपनि त्यसलाई ओझेलमा पार्ने प्रयास भईरहेको बताएका छन ।