प्राप्त उपलब्धिको रक्षा गर्नु हामी सबैको दायित्व हो: मुख्यमन्त्री अधिकारी

काठमाण्डु टुडे २०८० वैशाख ९ गते १४:१० मा प्रकाशित

काठमाण्डु,९ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले क्रान्ति र आन्दोलनबाट प्राप्त सङ्घीय शासन प्रणाली, समावेशी लोकतन्त्र, समाजवादोन्मुख संविधान, सामाजिक न्यायलगायतका उपलब्धिको रक्षा गर्नुपर्ने बताएका छन ।

आज (शनिबार) नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन ।

मुख्यमन्त्री अधिकारीले कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ पार्न वैचारिक, सैद्धान्तिक, साङ्गठनिक र भावनात्मक एकता चाहिने बताएका छन ।

उनले भने,‘प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु हामी सबैको दायित्व हो ।’

मुख्यमन्त्री अधिकारीले देश र जनताको मुक्तिका लागि जीवनोत्सर्ग गर्ने सहिद तथा आन्दोलनमा योगदान गर्नेप्रति सम्मान प्रकट गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us