
गुल्मी , ९ वैशाख– गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि आज मृत्यु भएको छ । मूत्यु हुनेमा धुर्कोट गाउँपालिका वडानम्बर–३, गुल्मीका ५५ वर्षीय धनबहादुर जोगी कुँवर रहेका छन ।
गत बिहीबार धुर्कोट गाउँपालिका वडानम्बर–३ हाडहाडे बर्दवास जंगलमा लागेको आगो निभाउन गएका बेला जलेर कुँवर गम्भीर घाइते भएका र उनको आज मूत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन ।
उनको गुल्मी, पाल्पा र बुटवलमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डु लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी पाण्डेले जानकारी दिएका छन ।
सोही जंगलको डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका वडानम्बर–३ कै १३ वर्षीय दीपक मुखियाको पनि उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो ।