खसी चोरेको आरोपमा एक युवक पक्राउ

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १२:४५ मा प्रकाशित

रामेछाप,७ वैशाख– प्रहरील खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ बाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ रहेका छन ।

हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप उनलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आरोपीविरुद्ध चोरी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us