प्रधानन्यायाधीशलाई संवैधानिक परिषदमा राख्नु हुँदैन: रघुजी पन्त

काठमाण्डु टुडे २०८० वैशाख ६ गते १७:४३ मा प्रकाशित

काठमाण्डु, ६ वैशाख– प्रमुख प्रतिपक्ष दल एमाले सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्ने कुरा उचित नभएको बताएका छन ।

उनले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर क्याबिनेटको समेत भाग खोजेकोतर्फ संकेत गर्दै प्रधानन्यायाधीशलाई संवैधानिक परिषद् राख्न उचित नहुने बताएका छन ।

आज (बुधबार) प्रतिनिधिसभा बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन ।

नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरू सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषदमा राख्ने कुरा उचित होरहोइन भन्ने प्रश्न समेत उठेको बताएका छन ।

उनले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यकता रहेको बताएका छन । उनले राजनीतिक नेतृत्व र राजनीतिक दलहरुमा सुधार नआउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान नहुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us