रविका चालकलाई थप उपचारका लागि काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १८:२२ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– घरको छतबाट खसेर गम्भीर घाइते भएका रास्वपाका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।

घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

उनको कलेज अफ मेडिकल साइन्सेस् भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो ।

तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाण्डु ल्याइएको हो । हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us