राष्ट्रपति रामचन्द्र पौडेलले संसद सचिवालयको गाडी फिर्ता गरे

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १८:०० मा प्रकाशित

काठमाण्डु,५ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुखको हैसियतमा लिएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन ।

२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित उनले गाडी फिर्ता नगरेको समाचार आएकै दिन संसद सचिवालयमा गाडी फिर्ता गरेका हुन । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा सवारी साधन तथा इन्धन सुविधा सम्बन्धी व्यवस्था रहेको छ ।

ऐनको दफा ७ को उपदफा ३ मा भनिएको छ, ‘पदाधिकारीले यस दफा बमोजिम पाउने सवारी साधन आफ्नो पदावधि समाप्त भएको मितिले सात दिनसम्म प्रयोग गर्न सक्नेछ ।’

पौडेल राष्ट्रपति निर्वाचित भएको ४० दिनपछि वैशाख ५ गते गाडी फिर्ता आएको सूचना जारी गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us