एकै दिन कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १७:१६ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– कोरोना संक्रमणबाट आज एकै दिन थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us