सबै भूमिहीनले मेरै पालामा लालपूर्जा पाउँछन्: मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १६:४४ मा प्रकाशित

 काठमाण्डु,५ वैशाख– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने बताएकी छन । आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन ।

उनले आफ्नै पालामा सबै भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य आफूले लिएको बताएकी छन । उनले भनिन्, ‘मेरो पालामा भूमिहीनहरुलाई लालपूर्जा दिने लक्ष्य रहेको छ । गुठीका पनि समस्याहरु छन् ।

काठमाण्डु, ललितपुर र भक्तपुरको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि तयार गर्ने सोचेको छु’ । मन्त्री श्रेष्ठले काठमाण्डु उपत्यकाका नेवारहरु पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै अब आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने बताएकी छन ।

उनले भनिन्, ‘उपत्यकाका मूलबासी लाखौं नेवारहरु लालपूर्जाविहीन छन । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहरुले लालपूर्जा पाउनैपर्छ ।

काठमाण्डुको नेवारलाई किन भूमिहीन देखेन राज्यले, प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरुलाई सो भूमिको लालपूर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us