सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु: गृहमन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १६:३६ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्ने बताएका छन ।

आज (मंगलबार) गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका छन ।

उनले अगाडि भने, ‘अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।’ उनले सुरक्षा निकाय हाम्रो गौरव हुनुपर्ने भन्दै सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताएका छन ।

उनले भने, ‘ सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन’ त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’

उनले गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि बताएका छन । श्रेष्ठले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन ।

उनले भने, ‘ठूलाबडा, सम्पन्न धनीमानी, पहुँच भएका, शक्ति केन्द्रमा जान सक्नेको कुरा सुन्ने, उनीहरुले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने एप्रोच नै चेन्ज गर्नुपर्छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us