
काठमाण्डु,५ वैशाख– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन । उानले बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गर्दा जनता राजस्व तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन ।
उनले भने, ‘भू–उपयोग नीति, भूमि ऐन र वर्तमान गठन आदेशले खेतीयोग्य जमिनलाई बाटोलाई आधार बनाएर जग्गाको मूल्यांकन गरिदाँ जनताले राजश्व तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
यसको सरकारबाट पुनरावलोकन गरिनुपर्छ । ‘ उनले सरकारको यो नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन । सांसद केसीले सुकुम्वासी र अव्यवस्थित बसोवासीको लागि दश वर्षसम्म जग्गा विक्री गर्न नपाउने प्रावधान पनि हटाउनुपर्ने बताएका छन ।