सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १८:०५ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले जसरी काम गर्नु पर्ने हो, त्यस अनुसार गर्न नसकेको बताएका छन ।

आज (सोमबार) नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकान हुन ।

उनले भने, ‘ सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु,’ उनले भने, ‘सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ ।’

उनले नीतिगत रुपमा धेरै कुरा भने पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताएका छन । उनले कार्यक्रममा वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको समेत बताएका छन ।

तर केही नहुने अवस्थामा पुगिसकेको भने छैन भन्दै उनले अगाडि भने, ‘केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ ।’

महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै उनले देशको अर्थ व्यवस्थाबारे नेतृत्व जानकार रहेको समेत बताएका छन । समस्या समाधानमा पहल गर्न आह्वान गर्दै उनले अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय आएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us