कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, १०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १७:४२ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा नजसंख्या मन्त्रालय जानकारी दिएको छ ।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ३७९ पुगेका पनि मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us