सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाण्डु महानगरविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– सिंहदरबारभित्रको फोहोर नउठाएको विषयमा काठमाण्डु महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले सिंहदरबारभित्रको फोहोर नउठाएका कारण जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै फोहोर उठाउन काठमाण्डु महानगरपालिकाविरुद्ध आदेश माग गर्दै रिट दर्ता गराएका हुन ।

उक्त रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिएका छन । संघीय सरकारले आफूले राखेको माग पूरा नगरेको भन्दै काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहा (बालेन)ले फोहोर संकलन गर्ने कम्पनीलाई सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

मेयरको निर्देशनपछि ८ दिनदेखि सिंहदरबारभित्रको फोहोर संकलन गरेका छैन । काठमाण्डु सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै उनले आक्रोश पोखेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us