ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति हितराज पाण्डेको नियमापत्ति

काठमाण्डु टुडे २०७९ चैत २३ गते १५:१६ मा प्रकाशित

काठमाण्ड, २३ चैत– आज बिहिबार बसेको प्रतिनिधिसभाबाट आकस्मिक समय लागु गरिएको छ । यो समयमा सांसदहरुले जरुरी घटनाका विषयमा तीन मिनेटभित्र आफ्नो धारणा पाउने छन् ।

अआकस्मिक समय लिएर बोलेका राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीको अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति व्यक्त गरेका छन ।

कार्यकर्ता भर्ती गर्न र अन्त नअटेका नेतालाई व्यवस्थापन गर्न संघीयता लागु गरिएको शाहीको अभिव्यक्तिप्रति पाण्डेले नियमापत्ति व्यक्त गरेका हुन ।

शाहीले भने, ‘संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्को देश ठूलो भएमा चाहिन्छ, तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

तर, शाहीको उक्त अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति व्यक्त गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us