माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बस्ने

काठमाण्डु टुडे २०७९ चैत २१ गते १६:३३ मा प्रकाशित

काठमाण्डु,२१ चैत– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि बुधबार दिउँसो ४ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ ।

पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो । बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले जानकारी दिएका छन ।

पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले उनले बताएका छन । उनले भने, ‘ पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ ।

पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो ? जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ ।

कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ ।’ बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us