
काठमाण्डु, १२ चैत- नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्न लगाएका छन् ।
उनलाई गृह सचिव विनोदप्रकाश सिंहले उनलाई महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी०को फुली लगाएको पाँचौ दिनमा कुँवरले आईजीपीको फुली लगाएका हुन ।
उनले प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने बताएका छन। छन्।आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि सम्बोधन गर्दै उनले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताएका हुन्। हुन्।उनले नेपाल प्रहरीमा पनि विभिन्न प्रकृतिका व्यक्तिहरू रहेको कुरा बताएका हुन्।
समाजमा देखिने राम्रा, नराम्रा, खराब र असल अनेक पात्रबाट नेपाल प्रहरी पनि मुक्त छैन। प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही छैन,’ उनले भने, ‘यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने तर्फ विश्वास गर्दिनँ। प्रहरीमा सुधार आवश्यक छ अब त्यसको लागि दिन गनेर बस्ने छुट छैन।’संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने पनि उनले बताए।
गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको थियो। धिरजप्रताप सिंहले अवकाश पाएसँगै उनलाई आइजिपी बनाइएको हो।