
काठमाण्डु,१० चैत– आज शुक्रबार तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि भएको तथ्यांक सार्वजनिक भएको छ ।
तथ्यांक विभागले सार्वजनिक गरेका जनगणनाको नतिजाअनुसार नेपालमा महिलाभन्दा पुरुषको संख्या करिब ७ लाखले कमी रहेको छ । २०७८ को जनगणना अनुसार महिलाको १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ । नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।
सोल्टी होटलमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । नेपालमा वि.सं. १९६८ साल देखी हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।