मन्त्रिपरिषद बैठक बस्दै

काठमाण्डु टुडे २०७९ चैत १० गते ११:१३ मा प्रकाशित

काठमाण्डु,१० चैत– मन्त्रिपरिषदको बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्दै छ । प्रहरी महानिरीक्षक ९आईजीपी० नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो ।

आजको बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्ने । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us