लागुऔषध गाँजा सहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०७९ फागुन ३० गते १३:२३ मा प्रकाशित

काठमााण्डु,३० फागुन– प्रहरीले धादिङबाट अवैध लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका९८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् ।

गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा २१ किलोग्रामसहित २ जनालाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाण्डुबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख. २११९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us