नेता भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन हटाउने तयारी

काठमाण्डु टुडे २०७९ फागुन ८ गते १३:३९ मा प्रकाशित

काठमाण्डु,८ फागुन– ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न्स सेन्टरमा उपचाररत भण्डारीको कृत्रिम अक्सिजन हटाउने तयारी गरिएको छ । भण्डारीलाई शुक्रबारदेखि नै नलीमार्फत् खाना खुवाउन सुरु गरिएको थियो ।

उपचारको नेतृत्व गरिरहेका डा. मुकेश मिश्राका अनुसार सोमबारदेखि भण्डारीलाई प्राकृतिक रुपमा नै श्वासप्रश्वासको ट्रायलमा लैजाने योजना रहेको छ ।

यसअघि शतप्रतिशत कृत्रिम अक्सिजको सहारामा रहेकामा आइतबारदेखि कृत्रिम अक्सिजनको मात्रा घटाउँदै गरिएको थियो। कृतिम अक्सिजनको मात्रा ३५ प्रतिशतमा झारिएमा सोमबारदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्न लागिएको हो। आइतबार उनको छातिको फिजियो थेरापी गरिएको थियो।

शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us