एमालेले भनेकै व्यक्ति राष्ट्रपति बन्छः भट्टराई

काठमाण्डु टुडे २०७९ फागुन ६ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– एमाले सचिव योगेश भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् ।

पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस चौतारीद्वारा शनिबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमालेले खडा गर्ने उम्मेदवार सत्ता गठबन्धनको साझा हुने बताए ।

वर्तमान सरकार बन्ने बेला प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई राष्ट्रपति दिने प्रस्ताव गरेको उनको भनाइ थियो । पूर्वसहमतप्रति सत्तारुढ गठबन्धन आवद्ध रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी तयार रहेको र माओवादी पनि मान्न तयार हुनुपर्ने तर्क भट्टराईले गरे ।

फरक प्रसंगमा उनले एमालेले अर्को चुनावमा एक्लै बहुमत ल्याउने गरी अहिल्यैदेखि जनतासमक्ष जाने कार्यक्रम तय गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us