दुर्गा प्रसाईंलाई एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने

काठमाण्डु टुडे २०७९ फागुन ६ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, ६ फागुन– एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्ने भएको छ ।

एमाले प्रदेश नम्बर–१ को शनिबार बिहान बसेको बैठकले प्रसाईंलाई कारबाही सिफारिस गरेको हो । प्रदेश इन्चार्ज राजेन्द्र गौतमले पार्टी नीति र हितविपरीत गतिविधि गरेकाले प्रसार्यंलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरिएको जानकारी दिए ।

पार्टी विधानमा केन्द्रीय सदस्यलाई प्रदेशले कारबाही गर्न नमिल्ने प्रावधान रहेकाले केन्द्रीय समितिमा सिफारिस गरिएको गौतमले बताए । खुलेआम रुपमा राजतन्त्र पुनस्र्थापनाका लागि भन्दै गतिविधि बढाएको भन्दै देशभरका एमालेजनले प्रसाईंलाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गर्न दबाब दिएको गौतले जनाए ।

प्रसाईंले गत १ फागुनमा झापामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारससहित शाह परिवारका अरु सदस्यलाई सहभागी गराएर काँकडभिट्टाबाट राजतन्त्र पुनस्र्थापनाको अभियान घोषणा गरेका थिए ।

उक्त अभियानलाई प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ को नाम दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us