कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाण्डु टुडे २०७९ माघ २४ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,२४ माघ– कलाकार पदमप्रसाद पौडेल निधन भएको छ ।

९२ वर्षका पौडेलको बुढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार अपराह्न साढे तीन बजे निधन भएको कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी दिएका छन ।

लामो समयदेखि दमको रोगबाट पीडित पौडेल ९२ वर्षका थिए । यो उमेरमा पनि अभिनयमा उनको राम्रै सक्रियता थियो । उनी अभिनीत पछिल्ला फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

करिब ७० बढी फिल्म अभिनय गरेका पौडेल चलचित्र कलाकार सङ्घका आजीवन सदस्य पनि हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us