कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन

काठमाण्डु टुडे २०७९ माघ २४ गते १६:२७ मा प्रकाशित

काठमाण्डु,२४ माघ– कांग्रेसका नेता एवं पूर्वसांसद कर्मा घलेको निधन भएको छ ।

उनको आज मंगलबार शिक्षण अस्पताल काठमाण्डुमा उपचारकै क्रममा ५९ वर्षको उमेरमा निधन भएको हो ।

उनी लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दिएका छन ।

उनी ०७४ को निर्वाचनमा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । मनाङका स्थायी निवासी घले व्यवसायीसमेत थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us