
काठमाण्डु,२४ माघ– झापाको मेचीनगर नगरपालिका–६ स्थित भन्सार गेट छेउबाट विभिन्न हातहतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर भएका २० वर्षीय ओम साहसहित चार जना भारतीय नागरिक रहेका छन । उनीहरुलाई फलाम र काठले बनेको एयर गन जस्तो देखिने बन्दुक २ थान, फलाम र काठले बनेको एयर पेस्तोल जस्तो देखिने गन १ थान, गोली जस्तो
देखिने वस्तु १ सय ७० राउण्ड र छर्रा गोली ५० राउण्डसहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको बिओपी काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरीएको प्रहरीले बताएको छ ।