सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग छैन: सञ्चार मन्त्री शर्मा

काठमाण्डु टुडे २०७९ माघ २४ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,२४ माघ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी डाटा सेन्टरहरुको मुख्य साँचो सरकारसँग नभएको बताएकी छिन् ।

सरकारले आफ्नै सूचनाप्रविधि (आईटी) कम्पनी खोल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारी तथ्यांकहरुको सुरक्षामा माथि प्रश्नहरु रहेको बताएकी छन ।

काठमाण्डुको भृकुटीमण्डपमा मंगलबारबाट सुरु भएको ‘सूचना प्रविधि मेला’को उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन । उनले सूचनाप्रविधिमा सरकारले केही काम गर्नुपर्दा बाहिरबाट जनशक्ति ल्याउनु परिरहेको र नेपालको जनशक्ति भने बाहिर गइरहेको बताएकी छन ।

उनले भनिन्, ‘ मैले के बुझें भने हामीसँग थुप्रै डाटा सेन्टर छन्, त्यसको सुरक्षा र मुख्य साँचो हामीसँग छैन , ‘हामी राष्ट्रियताको कुरा गर्छौं, त्यसलाई कसरी बचाउन सक्छौं ? मन्त्रालयहरुको सम्वेदनशील सफ्टवेयर त छ, त्यसको मुख्य कुरा कहाँ छ भन्ने कुरा हामीलाई नै थाहा छैन ।’

मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताएकी छन । उनले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुनहरु निर्माणका लागि तत्काल संसदमा पेश गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरेकी छन ।

उनले सरकारसँग सम्बन्धित निकायले पनि यस क्षेत्रको कामलाई अपेक्षित ढंगले अघि बढाउन नसकेको स्विकार गर्दै त्यस काममासम्बन्धित सबैको ज्ञान, सीप र अनुभवको उपयोग गर्न जरुरी रहेको समेत बताएकी छन ।

उनले भनिन्, ‘नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के–के हुन्छन भन्ने कुरामा पनि एउटा छलफल जरुरी छ भन्ने मलाई लागेको छ ।

हाम्रो क्यान महासंघकै तर्फबाट अघि अनौपचारिक रुपमा थोरै कुरा भएको छ ।’ मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गरेर अघि बढन पनि निजी क्षेत्रलाई आह्वान गरेकी छन ।

उनले भनिन्, ‘मन्त्रालयबाट हामीले यस क्षेत्रमा गर्न सक्ने सहयोगहरु के के हुन सक्छन रु कमजोर अवस्था भएकाले धेरै सहयोग गर्न नसकौला । तर पनि केही न केही त यस क्षेत्रमा गर्नैपर्ने हुन्छ ।

यसका निम्ति यहाँहरुका आइडियाहरु, सुझावहरु पनि मन्त्रालयले प्राप्त गर्न सकोस् । त्यसका निम्ति पनि ध्यान दिनुहुनेछ भन्ने आग्रह गर्न चाहन्छु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us