
काठमाण्डु,२४ माघ– काठमाण्डु महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा डोजर चलाएको छ। मंगलबार मध्यान्ह महानगरले प्रहरी विटमा डोजर चलाएको हो।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी विट निर्माण गरिएकोले प्रहरी विट भत्काएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेका छन् ।
त्यसपछि महानगरपालिकाको डोजरले प्रहरी विट भत्काउन सुरु गरेको छ । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको जानकारी दिएका छन ।