
काठमाण्डु,२४ माघ– राष्ट्रिय सभाकी नवनिर्वाचित उर्मिला अर्यालले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रयास गर्ने बताएकी छन ।
मंगलबार पद तथा गोपनीयताको शपथलगत्तै पद बहालीपछि उनले यस्तो बताएकी हुन् । उपाध्यक्ष अर्यालले भनिन्, ‘सके जति प्रभावकारी भूमिका निर्वाह गर्छु ।
सांसदहरूसँग पनि सहकार्य गर्दै अघि बढ्नेछु ‘सङ्घीय संसद्मा महिला सांसदहरूको भूमिका पनि प्रभावकारी बनाउनुपर्नेछ ।’
उनले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएपछि विशेष जिम्मेवारी महसुस गरेको भन्दै आफ्नो भूमिका तटस्थ र निष्पक्ष रहने बताएकी छन ।