सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा

काठमाण्डु टुडे २०७९ माघ २४ गते १२:१५ मा प्रकाशित

काठमाण्डु,२४ माघ– सुदूरपश्चिम प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भएको छ ।

भोलि हुने सुदूरपश्चिम प्रदेश सभाको विश्वासको मत लिने प्रयोजनका लागि हुन लागेको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कसैलाई पनि मत नदिने बताएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

राजबन्दी रिहा गर्नुपर्ने आफूहरूको माग पूरा नभएसम्म कसैलाई पनि मत नदिने पार्टीका अध्यष रञ्जिता श्रेष्ठ चौधरीले बताएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us