धनुषमा कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २४ गते ११:४३ मा प्रकाशित

काठमाण्डु,२४ माघ– धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४४ वर्षीय विजय कुमार साह रहेका छन ।

धनुषाको जनकपुर उपमहानगरपालिका ४ कटैया चौरीमा कुकुरलाई बचाउने क्रममा मुखियापट्टीका साहको मृत्यु भएको प्रहरीले बताएको छ ।

सोमबार मध्य राति कुकुरलाई बचाउने क्रममा ज ७ प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा साह गम्भीर घाइते भएको प्रहरीकाले जानकारी दिएको छ ।

तर, उनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको धनुषा प्रहरीले बताएको छ । घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर स्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us