राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज

काठमाण्डु टुडे २०७९ माघ २४ गते ११:३७ मा प्रकाशित

काठमाण्डु,२४ माघ– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ आज हुने भएको छ ।

संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने भएकी छिन ।

शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us