
काठमाण्डु,२४ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्दै छन् ।
बुधबार दिउँसो १ बजे काठमाण्डुको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागिएको पार्टीका एक नेताले बताए जानकारी दिएका छन ।
समसामयिक राजनीतिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको उक्त नेताले बताएका छन । ‘अहिलेको पछिल्लो राजनीतिक घटनाक्रम र बन्दी रिहा र मुद्दा फिर्ताको विषयमा जानकारी गराइने छ’ ती नेताले भने, ‘पछिल्लो पार्टी बैठकका निर्णय समेत सार्वजनिक गरिने छ ।’
सोही पत्रकार सम्मेलनमा विप्लवले पार्टीले अख्तियार गर्ने नीतिका विषयमा समेत जानकारी दिने बताइएको छ ।
पत्रकार सम्मेलनमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’सहित सचिवालय, पोलिटब्युरो र केन्द्रीय सदस्य समेत सहभागी हुने भएका छन् ।