सत्ता गठबन्धन टिकाउन आवश्यक छ: ज्ञवाली

काठमाण्डु टुडे २०७९ माघ २३ गते १८:११ मा प्रकाशित

काठमाण्डु, २३ माघ– एमाले उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन ।

उनले राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढ्न पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको बताएका छन ।

आज (सोमबार) रक्त सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ज्ञवालीले १० पुसमा भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरू दृढतापूर्वक उभिनुपर्ने बताएका छन ।

उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने बताएका छन ।

ज्ञवालीले कांग्रेसमा सत्ताबाट हट्नु परेको छटपटी सुरु भएको आरोप समेत लगाएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us