डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २३ गते १७:२५ मा प्रकाशित

काठमाण्डु, २३ माघ– काठमाण्डुको डल्लुमा ट्यांकरको ठक्करले एक बालिकाको मृत्यु भएको छ । मूत्यु हुनेमा ५ वर्षकी बालिका रियानी देउला रहेकी छिन ।

आज (सोमबार) विहान साढे १० बजे डल्लुको चामुण्डा स्कुल नजिकै बा ३ ख ५३६१ नम्बरको ट्यांकरले साइकल चलाइरहेका बेला ठक्कर दिँदा देउलाको मृत्यु भएका प्रहरी वृत्त स्वयम्भूका डीएसपी राजबाबु महर्जनले जानकारी दिएका छन ।

भक्तपुर घर भएका बालिकाको परिवार डल्लुमा भाडामा बस्दै आएका थिए । उनीहरु बस्ने भन्दा पल्लो घरमा पानी खन्याएर फर्किँदै गरेको ट्यांकरले सडकमा साइकल चलाइरहेकी बालिकालाइृ ठक्कर दिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us