टर्कीमा फेरि शक्तिशाली परकम्प

काठमाण्डु टुडे २०७९ माघ २३ गते १७:१८ मा प्रकाशित

एजेन्सी– टर्कीमा फेरि शक्तिशाली परकम्प गएको छ । नेपालको समय अनुसार आज शनिबार बिहान ७ बजेर २ मिनेटमा त्यहाँ ७.८ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि पनि त्यहाँ परकम्पहरु गइरहेका छन् ।

जसमध्ये नेपालको समय अनुसार दिउँसो ४ बजेर ९ मिनेटमा ७.५ म्याग्निच्युटको अर्को शक्तिशाली परकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएका छन । भूकम्पको धक्का छिमेकी देशमा समेत महसुस भएको छ ।

टर्कीपछि सिरियामा भूकम्पबाट धेरै क्षति भएको छ । दुई देशमा गरेर अहिलेसम्म १ हजार ३०० जनाभन्दा धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।

टर्कीका राष्ट्रपति रिसेप इर्डोगनले आफ्नो देशमा मात्रै अहिलेसम्म ९१२ जनाको मृत्यु भएको छ ५ हजार ३०० जना घाइते भएको बताएका छन ।

यस्तै सिरियामा पनि ३२० जनाको मृत्यु भएको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us