
काठमाण्डु,२३ माघ–कांग्रेस नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन । उनले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने बताएका छन ।
आज (सोमबार) चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनले बताएका छन । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको पनि बताएका छन ।